त्यस दिनदेखि उसले विद्यालय मात्र होइन, शिक्षकमाथिको विश्वास पनि गुमायो। त्यस दिन जेनतेन बस्यो र झोला बोकेर घर फर्क्यो। बेलुकी बज्यैले खाना बोलाउँदा पनि ऊ खान मन गरेन। कर लगाएर बज्यैले बनाएको खाना खुवाइन्। भोलिपल्ट खाना खान हतार गर्ने र भोकै भए पनि विद्यालय जान्छु भन्ने बिर्खबहादुरले खाना खान पनि खोजेन र विद्यालय जान हतार पनि गरेन।
मंगलबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै नेकपा प्रमुख सचेतक युवराज दुलालले समाचार लेखेकै आधारमा पत्रकारलाई आतंकित पार्ने काम रोक्न माग गरेका हुन्।
सन् २०२२ मा मोरक्कोसँग पराजित भएर बाहिरिँदा टनेलमा खसेका रोनाल्डोका आँसुले संसारलाई स्तब्ध बनाएको थियो। धेरैले सोचेका थिए, रोनाल्डोको विश्वकप यात्रा त्यहीँ सकियो। तर, उनी अझै रोकिएका छैनन्। ती आँसुलाई अब २०२६ का लागि ऊर्जा र प्रतिबद्धतामा बदल्ने सोचमा रोनाल्डो छन्।