हाल देशमा पश्चिमी र स्थानीय वायु तथा पूर्वी भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेकाले विभिन्न स्थानमा वर्षा, मेघगर्जन, चट्याङ र हुरी चल्ने सम्भावना छ।
उपराष्ट्रपति रामसहायप्रसाद यादवले उदारवादी आदर्श, समावेशिता, समानता र न्यायका आधारमा लोकतन्त्रलाई अझ जीवन्त बनाउन दृढ संकल्पका साथ अघि बढ्नुपर्ने आवश्यकता औंल्याएका छन्।
परराष्ट्र मन्त्रालयले भारत, चीन, अमेरिका, बेलायत लगायत झन्डै डेढ दर्जन मुलुकमा रिक्त रहेको राजदूत नियुक्ति प्रक्रिया अघि बढाउँदै खुला आवेदन आह्वान गरेको छ।
यो शृंखलामा डिजिटल कर्जा, डेटा–आधारित बैंकिङ, एआई र मेसिन लर्निङ प्रयोग, कानुनी तथा नीतिगत चुनौती र छिमेकी देशहरूले अपनाएका सफल अभ्यासबारे छलफल गरिनेछ।