‘नेपालका अस्पतालहरूले चिकित्सकबाट काम लिने बाहेक अरू मतलब राख्दैनन्। खटाइ धेरै, कमाइ थोरै अनि छुट्टी पनि पाइँदैन भने जागिरको सुरक्षा पनि छैन,’ उनले भने।
यसपटकको प्रतिनिधिसभा निर्वाचनबाट पाँचौं ठूलो दल बनेको हर्क साम्पाङ नेतृत्वको दल श्रम संस्कृति पार्टीले समानुपातिकतर्फका चार जना सांसदको नाम निर्वाचन आयोगलाई सिफारिस गर्ने भएको छ।
प्रवासमा बसेर लेख्ने लेखकहरूप्रति मेरो सम्मान अझ गहिरो छ। म उनीहरूको लेखन पीडा बुझ्न सक्छु—किनकि शब्दहरू कहिल्यै सजिलै जन्मिँदैनन्; ती समय, तीतोपन, मिठोपन र सम्झनाको गर्भबाट जन्मिन्छन्।