‘पत्रको विषयवस्तुबारे मलाई कुनै पूर्वजानकारी थिएन। उक्त हस्ताक्षर करकाप र आतंकपूर्ण अवस्थामै गरिएको हुँदा त्यसको कुनै वैधानिक हैसियत छैन,’ उनले आयोगलाई दिएको बयानमा भनेका छन्।
पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवाले आफ्नो निवासमा धेरै परिमाणमा रकम नभएको र सामाजिक सञ्जालमा आएको विवरण एआईबाट बनाएको हुनुपर्ने बयान दिएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भदौ २४ गते नख्खु जेलमा आएको भिडले आफूलाई बाहिर निकालेको र बाहिर निक्लेपछि छेउको रेस्टुरेन्टको बार्दलीबाट भाषण गरेको बयान दिएका छन्।
भदौ २३ र २४ गतेको घटनासम्बन्धी पूर्वन्यायाधीश गौरीबहादुर कार्की अध्यक्षतामा गठित जाँचबुझ आयोगको प्रतिवेदनमा भ्रामक प्रचार गर्नेहरूको नाम पनि किटान गरिएको छ।