राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ ले विद्यालय तहको पाठ्यक्रमलाई सक्षमतामा आधारित बनाई विद्यार्थीलाई सैद्धान्तिक, व्यावहारिक ज्ञान, सिप र धारणाको विकास गर्ने ध्येय राखेको छ। सबै विषयवस्तुलाई घोटेर पिलाउने, कण्ठ गर्न लगाउने शिक्षण शैली छोडेर सिकाइलाई अनुभव र प्रयोगसँग जोड्न सके, सिकारुले सिकाइ र वास्तविक जीवनबिच सम्बन्ध स्थापित गर्न, सिद्धान्त र व्यवहारको समन्वय गर्न सक्षम हुन्छन्।