शिक्षा मन्त्रालयले तेलको हिसाब गर्ने वा प्रशासनिक सहजता खोज्नेतिर भन्दा वर्षौँदेखि अड्किएको नयाँ शिक्षा ऐन जारी गर्नेतिर लाग्नुपर्दछ। आजको युग सुहाउँदो सीपमूलक शिक्षा नीति ल्याउनतिर ध्यान दिनुपर्छ। सानो कक्षादेखि नै कृषि, उद्योग, र सूचना प्रविधिलाई पाठ्यक्रमको अनिवार्य हिस्सा बनाएर उत्पादनमूलक जनशक्ति तयार गर्ने योजना बनाउनुपर्दछ।
‘समयको सबैभन्दा बढी ख्याल होस् भनेर यो कार्यविधि बनाइएको हो,’ उनले भने, ‘वक्ताको मात्र होइन, सहभागीहरूको पनि समय उत्तिकै महत्त्व हुन्छ भन्ने कुरा हेक्का राख्नुपर्छ, पट्यारलाग्दो कार्यक्रम गर्नु भएन।’