रसुवा बाढीपछि सयौं मानिस सम्पर्कविहीन छन्। शवहरू विभिन्न जिल्लामा फेला परिरहेका छन्। सीमित शवगृहका कारण पहिचान नभएका शवहरूलाई अस्थायी रूपमा जमिनमुनि व्यवस्थापन गर्न थालिएको छ। तर, अस्थायी व्यवस्थापनको अर्थ शवलाई बेवारिसे छाड्नु वा पहिचानको सम्भावना समाप्त गर्नु कदापि होइन।
