काभ्रेपलाञ्चोक
+977-9863403002
२३ जेष्ठ २०८३ शनिबार
१ कार्तिक २०८२
तेन्जिङ दावा लामाको नागरिकता शंकास्पद देखिएपछि प्रहरी अनुसन्धान सुरु

तेन्जिङ दावा लामाको नागरिकता कागजातमाथि प्रहरीको अनुसन्धान

प्रहरी हिरासतमा रहेका टीओबी (Team of Brothers) सदस्य तेन्जिङ दावा लामाको नागरिकता र जन्मदर्ता प्रमाणपत्र शंकास्पद देखिएपछि प्रहरीले थप छानबिन अघि बढाएको छ।

स्रोतका अनुसार, लामाले प्रहरीसमक्ष प्रस्तुत गरेका कागजातहरूमा कानूनी स्पष्टता अभाव देखिएको र अभिलेखमा मिलान नखाने विवरणहरू फेला परेको कारण अनुसन्धान गहिरो बनाइएको हो।

उनले प्रहरीलाई देखाएका नागरिकता र जन्मदर्ता दुवै कागजात काठमाडौं महानगरपालिका ६ बाट जारी भएको दाबी गरेका छन्।

तर ती कागजातहरू महानगरपालिकाको आधिकारिक ढड्डा र अभिलेखमा फेला नपरेपछि प्रहरी र प्रशासन दुबै पक्ष सक्रिय बनेका छन्।

वडा नम्बर ६ का वडाध्यक्ष भुवन लामाका अनुसार, प्रहरीले पठाएको सोधपुछ पत्रपछि वडा कार्यालयले ढड्डा र अभिलेख खोज्दा तेन्जिङको नाममा कुनै पनि दर्ता विवरण फेला नपरेको पाइएको छ।

“हामीले वडा अभिलेख पूरा हे¥यौं, तर तेन्जिङ दावा लामाको नाममा कुनै जन्मदर्ता वा नागरिकता विवरण भेटिएन,” वडाध्यक्ष लामाले बताए।
उनका अनुसार, वडा कार्यालयले सोबारेमा औपचारिक पत्र प्रहरी परिसर काठमाडौंमा पठाउने तयारी गरेको छ।

यसअघि, तेन्जिङले प्रहरीलाई दिएको विवरणअनुसार उनको जन्मदर्ता वि.सं. २०६३ चैत १० गते गरिएको र नागरिकता २०७९ साल असार महिनामा जारी गरिएको देखिएको थियो।

तर सो विवरण नपाएपछि प्रहरी अधिकारीहरूले प्रमाणिकता जाँच्न महानगरपालिका, जिल्ला प्रशासन कार्यालय र सम्बन्धित निकायहरूसँग समन्वय गरेर कागजात सत्यापन प्रक्रिया अघि बढाइरहेका छन्।

यसैबीच, प्रहरी स्रोतका अनुसार तेन्जिङको नागरिकता प्रकरणबाहेक पनि उनको पृष्ठभूमि, सामाजिक संलग्नता र सम्भावित विदेशी सम्पर्कबारे छुट्टै अनुसन्धान सुरु गरिएको छ।

प्रहरी अधिकारीको भनाइमा,

“हामीले प्रारम्भिक अनुसन्धानका क्रममा कागजातमा शंका पाएका छौं, त्यसैले अब यो विषयलाई कानूनी ढंगले अगाडि बढाइनेछ।”

तेन्जिङ दावा लामाको जन्मदर्ता अभिलेखमा नभेटिँदा शंका बढ्यो

तेन्जिङ दावा लामाले प्रहरीलाई काठमाडौं महानगरपालिका ६ बाट जारी भएको जन्मदर्ता र नागरिकता कागजात प्रस्तुत गरेका थिए।

उनका अनुसार ती कागजात वैध र विधिसम्मत रूपमा प्राप्त गरिएको थिए।

तर प्रारम्भिक छानबिनमा ती कागजातको प्रामाणिकता पुष्टि हुन नसकेपछि प्रहरीले त्यसको स्रोत र अभिलेख खोज्न महानगरपालिका कार्यालयमा सम्पर्क गरेको थियो।

वडा नम्बर ६ का वडाध्यक्ष भुवन लामाका अनुसार, प्रहरीको अनुरोधपछि वडा कार्यालयले जन्मदर्ता अभिलेखका ढड्डा र दर्ता रेकर्डहरू विस्तृत रूपमा खोजी गरेको थियो।

तर, लामाको नाममा कुनै विवरण फेला नपरेपछि शंका थप गहिरिएको उनले बताए।

“हामीले सम्बन्धित वर्षको सबै दर्ता विवरण जाँच्यौं, तर तेन्जिङ दावा लामाको नाममा कुनै दर्ता फेला परेन। यसबारे हामीले प्रहरीलाई औपचारिक रूपमा जानकारी दिइरहेका छौं,”वडाध्यक्ष लामाले भने।

त्यसपछि वडा कार्यालयले जिल्ला प्रहरी परिसर काठमाडौंलाई आधिकारिक पत्र पठाउने तयारी गरेको छ।

सो पत्रमा जन्मदर्ता र नागरिकता दुवै ढड्डामा फेला नपरेको उल्लेख गरिएको छ।

यस घटनाले अब तेन्जिङ दावा लामाको नागरिकता कागजात र पृष्ठभूमि दुबैप्रति प्रश्न उठाएको छ।

प्रहरीले यो विषयमा महानगरपालिका, जिल्ला प्रशासन र नागरिकता शाखासँग समन्वय गरी विस्तृत छानबिन गरिरहेको बताइएको छ।

स्रोतका अनुसार, प्रहरीले हालसम्म तेन्जिङले देखाएका कागजातमा हस्ताक्षर मिलान, सिफारिसकर्ता र प्रकाशन मिति जस्ता विवरण पनि तुलना गर्दै प्रमाणिकता पत्ता लगाउने काम गरिरहेको छ।

नागरिकता छानबिनका लागि प्रशासनले म्याद थप्यो

जिल्ला प्रशासन कार्यालय काठमाडौंले तेन्जिङ दावा लामाको नागरिकता छानबिनका लागि ६ दिनको म्याद थप गरेको छ।

उनको नागरिकता र जन्मदर्ता दुवै कागजातमा शंका उत्पन्न भएपछि प्रशासनले प्रहरीलाई थप अनुसन्धानका लागि समय दिएको हो।

प्रशासनले दिएको म्याद अनुसार, प्रहरीलाई तोकिएको अवधिभित्र कागजातको प्रमाणिकता, स्रोत, हस्ताक्षर, र सिफारिसकर्ता सम्बन्धी विवरणहरू संकलन गरी प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ।

प्रशासनका अधिकारीका अनुसार, यो केस साधारण नागरिकता विवाद नभई “संवेदनशील प्रकृतिको” भएकोले कानूनी प्रक्रिया अनुसार प्रमाण संकलन र विवरण मिलान गर्न आदेश दिइएको हो।

यसअघि जिल्ला प्रशासनले असोज २७ गते पहिलोपटक ६ दिनको म्याद दिएको थियो, जसमा प्रारम्भिक अनुसन्धान गरिएको थियो।

तर अनुसन्धानमा नयाँ प्रश्नहरू उठेपछि म्याद थप गरेर विस्तारित अनुसन्धान जारी गरिएको हो।

प्रशासनका अनुसार, तेन्जिङले पेस्तोलजस्तो वस्तु प्रदर्शन गरी डर र त्रास सिर्जना गरेको आरोपमा पनि अनुसन्धान भइरहेको छ।

यो प्रकरण अभद्र व्यवहार ऐन अन्तर्गत दर्ता गरिएको छ, जसमा प्रमाण जुटाउन प्रहरीले फरेन्सिक र डिजिटल विश्लेषण प्रक्रिया समेत अघि बढाएको बताइएको छ।

प्रशासनको एक अधिकारीले नाम नखुलाउने सर्तमा भने,

“तेन्जिङको नागरिकता शंकास्पद मात्र होइन, कागजात उत्पादनको स्रोत पनि अस्पष्ट देखिएको छ। त्यसैले यो विषयलाई सामान्य रूपमा नलिएर कानूनी रूपमा अगाडि बढाइरहेका छौं।”

त्यसैगरी, प्रहरी स्रोतका अनुसार यो अनुसन्धान केवल कागजको प्रमाणीकरणमा सीमित छैन।

अब प्रहरीले तेन्जिङको सामाजिक गतिविधि, आर्थिक पृष्ठभूमि र सम्भावित बाह्य सम्पर्कहरू समेत अन्वेषण गरिरहेको छ।

जेनजी आन्दोलनमा तेन्जिङ दावा लामाको संलग्नता

जेनजी आन्दोलनका बेला टीओबी (Team of Brothers) लेखिएको ज्याकेट लगाएर पेस्तोल बोकेको एक व्यक्तिको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि प्रहरीको ध्यान सो व्यक्तितर्फ गएको थियो।

उक्त व्यक्तिको पहिचान पछि तेन्जिङ दावा लामाका रूपमा खुलेपछि प्रहरी अनुसन्धान तीव्र भएको हो।

सामाजिक सञ्जालमा भाइरल बनेको भिडियोमा देखिएको दृश्यका कारण धेरैले आन्दोलनमा हातहतियारसहितको सहभागिता भएको शंका गरेका थिए।

तर प्रहरी स्रोतका अनुसार, सो भिडियो जेनजी आन्दोलनको समयमा खिचिएको नभई करिब एक वर्ष पुरानो रहेको पाइएको छ।

भिडियो सार्वजनिक भएपछि उत्पन्न विवादका बीच, प्रहरीले ती व्यक्तिको पहिचान र अवस्थाबारे तत्काल खोजी सुरु गरेको थियो।

त्यसक्रममा तेन्जिङ दावा लामा आफैं प्रहरीसमक्ष उपस्थित भएका थिए।

अनुसन्धानका क्रममा प्रहरीले उनको साथबाट पेस्तोलजस्तो देखिने नक्कली हतियार बरामद गरेको पुष्टि गरेको छ।

प्रहरीका अनुसार, तेन्जिङले प्रयोग गरेको सो वस्तु रबर र फलामको मिश्रणबाट बनेको खेलौनाजस्तो नक्कली पेस्तोल थियो,

जसलाई उनले सामाजिक सञ्जालमा देखाउनका लागि साथमा बोक्ने गरेका थिए।

“उक्त पेस्तोल वास्तवमा नक्कली थियो, तर त्यसको प्रयोगले आम जनमानसमा डर र भ्रम फैलाएको पाइयो,” अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले बताए।

यस घटनापछि प्रहरीले तेन्जिङको उद्देश्य, भिडियो खिचिएको समय र प्रसारण गर्ने माध्यमबारे विस्तृत सोधपुछ गरेको छ।

हाल सो विषयमा डिजिटल प्रमाण, भिडियोको मेटाडाटा र सोसल मिडिया स्रोतहरूको फरेन्सिक विश्लेषण कार्य भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले थप जनाएको छ कि यो अनुसन्धान केवल सो भिडियोमा सीमित नभई तेन्जिङ दावा लामाको नागरिकता,

पृष्ठभूमि र समूहगत संलग्नता समेत परीक्षणको दायरामा ल्याइएको छ।

यसले अब यो प्रकरणलाई नागरिकता विवाद मात्र नभई सामाजिक प्रभाव र सुरक्षासम्बन्धी कोणबाट पनि गम्भीर अनुसन्धानको विषय बनाएको छ।

तेन्जिङ दावा लामाको भाइरल भिडियो करिब एक वर्ष पुरानो

प्रहरी अनुसन्धानका अनुसार, तेन्जिङ दावा लामाको भाइरल भिडियो हालको जेनजी आन्दोलनको समयमा खिचिएको नभई करिब एक वर्ष पुरानो भएको पुष्टि भएको छ।

सो भिडियोको समय, स्थान र परिस्थितिबारे फरेन्सिक परीक्षण गर्दा भिडियो २०८१ सालतिर खिचिएको र पछिल्लो समयमा पुनः सामाजिक सञ्जालमा प्रसारित गरिएको देखिएको प्रहरीले जनाएको छ।

सुरुवाती चरणमा यो भिडियो जेनजी आन्दोलनसँग सम्बन्धित ठानिए पनि अनुसन्धानपछि आन्दोलनसँग सीधा सम्बन्ध नरहेको स्पष्ट भएको हो।

तर भिडियोमा देखिएको पेस्तोलजस्तो वस्तुको प्रदर्शन र त्यसले सिर्जना गरेको त्रासका कारण प्रहरीले यो विषयलाई कानूनी दृष्टिले गम्भीर रूपमा लिएको छ।

प्रहरी स्रोतका अनुसार, तेन्जिङ दावा लामामाथि अहिले दुई फरक कोणबाट अनुसन्धान भइरहेको छ

नागरिकता र जन्मदर्ता कागजातको वैधता छानबिन

पेस्तोल प्रदर्शनमार्फत अभद्र व्यवहारसम्बन्धी कानूनी प्रक्रिया

यस क्रममा प्रहरीले उनको नागरिकता, जन्मदर्ता, निवास, अध्ययन, र सामाजिक पृष्ठभूमि सम्बन्धी प्रमाणहरू संकलन गरिरहेको छ।

त्यस्तै, उनको सामाजिक सञ्जाल प्रयोग, समूहगत संलग्नता र भिडियो सार्वजनिक गर्ने नेटवर्क समेत जाँचको दायरामा आएको बताइएको छ।

अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार,

“भिडियो पुरानो भए पनि त्यसबाट उत्पन्न प्रभाव अहिले देखिएको छ। त्यसैले हामीले नागरिकता र सामाजिक पक्ष दुबै दिशामा अनुसन्धान विस्तार गरेका छौं।”

हाल जिल्ला प्रशासन कार्यालय र काठमाडौं प्रहरी परिसरले तेन्जिङ दावा लामाको नागरिकता कागजात र अभिलेखमा उल्लेखित विवरण मिलान गर्न विशेष टोली गठन गरेको छ।

यो टोलीले प्रतिवेदन तयार गरी केही दिनमै प्रशासनमा बुझाउने तयारी गरेको बुझिएको छ।

यससँगै तेन्जिङ दावा लामाको नागरिकता विवाद, नक्कली पेस्तोल प्रकरण, र भाइरल भिडियो तीनै पक्ष मिलेर अहिलेको अनुसन्धानको केन्द्रबिन्दु बनेको छ।

तेन्जिङ दावा लामाको घटनाले अहिले नागरिकता प्रणाली, कागजात प्रमाणीकरण, र सामाजिक सञ्जालको जिम्मेवारीपूर्ण प्रयोगबारे पनि व्यापक बहस सुरु गराएको छ।

प्रहरी र प्रशासन दुवै संस्थाले यसलाई “मिसइनफर्मेसन र कागजात दुरुपयोगको मिश्रित केस” का रूपमा लिइरहेका छन्।


Global Sambad Network नयाँ अपडेटहरू पहिलो पंक्तिमा पाउनुहोस्!

Scroll to Top