२२ साउन, बुटवल । हिरोशिमा दिवस–२०२६ को अवसरमा बुद्ध जन्मस्थल लुम्बिनी र सिद्धार्थनगरमा शान्ति तथा वातावरण संरक्षणसँग जोडिएका विभिन्न कार्यक्रम गरिएको छ । लुम्बिनी वर्ल्ड पिस फोरमले हिरोशिमा दिवसको पूर्व सन्ध्यामा लुम्बिनीको पवित्र उद्यान क्षेत्रमा दीप प्रज्ज्वलन तथा विश्व शान्ति प्रार्थना गरेको हो । यस्तै सिद्धार्थनगरमा सहरी हरियाली प्रवर्द्धनका लागि विभिन्न जातका दुई सय बिरुवा…
