१४ साउन, विराटनगर । विराटनगर विमानस्थलबाट काठमाडौं पठाउन लागिएको एउटा पार्सलबाट प्रहरीले १८.४८ ग्राम प्रतिबन्धित लागुऔषध ब्राउन सुगर बरामद गरेको छ । बुधबार साँझ विराटनगर महानगरपालिका–९, महेन्द्रचोकस्थित एक्सपो एक्सप्रेस कुरियरमार्फत पठाउन लागिएको स्पोर्ट्स सुजलाई एक्स–रे मेसिनबाट जाँच गर्ने क्रममा जुत्ताको सोलभित्र लुकाइएको अवस्थामा ब्राउन सुगर फेला परेको मोरङ प्रहरीले जनाएको छ । घटनामा संलग्न रहेको…
