११ साउन, चितवन । पूर्वी नवलपरासी (नवलपुर)को गैंडाकोट नगरपालिका–१० अकलामाई मन्दिर नजिक अचेत भेटिएका दुई महिलाको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा बागलुङको जैमिनी नगरपालिका–९ घर भई गैंडाकोट नगरपालिका–१२ मा बस्दै आएकी ३८ वर्षीया कविता राई र भोजपुर घर भई गैंडाकोट नगरपालिका–१० स्थित एक गाई फार्ममा कार्यरत ४५ वर्षीया कान्छी राई छन् ।…
