
१५ असार । पहाडी जिल्ला धनकुटाको सहिदभूमि गाउँपालिकामा आइतबार बिहान वातावरण संरक्षणप्रति सामूहिक प्रतिबद्धताको सन्देश दिइएको छ । नेपाल सरकारले घोषणा गरेको ‘सगरमाथा वृक्षारोपण महाअभियान’ को औपचारिक शुभारम्भ शहीदभूमिबाट गरिएको हो । राष्ट्रिय वृक्षारोपण दिवसको अवसर पारेर सुरु गरिएको अभियानअन्तर्गत सहिदभूमिको प्रवेश गेटदेखि सुकेआहाल हुँदै थलथले बजारसम्म सडक पेटीमा सौन्दर्यवर्द्धक प्रजातिका ३५० बिरुवा रोपिएका छन्…
