काभ्रेपलाञ्चोक
+977-9863403002
१० असार २०८३ बुधबार
6 घण्टा अगाडि
सरकारी हेल्थ सेन्टरको जग्गामा व्यक्तिको पक्की घर



१० असार, सप्तरी । सप्तरीको बोदेबरसाईन नगरपालिकामा हेल्थ सेन्टरका लागि छुट्याइएको सार्वजनिक जग्गा अतिक्रमण गरी व्यक्तिको पक्की घर निर्माण गरेको पाइएको छ ।

साविक बोदेबरसाईन गाउँ विकास समिति वडा नम्बर–७ (हाल बोदेबरसाईन नगरपालिका–५) अन्तर्गत गुद्रीहाट चाँन्दी चोकस्थित कित्ता नम्बर ३९ मा रहेको उक्त जग्गामा अतिक्रमण भएको स्थानीयको भनाइ छ । हेल्थ सेन्टरको नाममा रहेको उक्त जग्गामा हाल निजी संरचना निर्माण भइसकेको छ ।

बोदेबरसाईन नगरपालिका–५ का वडा अध्यक्ष मजिबुर रहमानका अनुसार उक्त कित्ता नम्बर ३९ हेल्थ सेन्टरको नाममा कायम भए पनि लामो समयदेखि सम्बन्धित निकायबाट निगरानी र चासो नहुँदा अतिक्रमण भएको हो ।

उनका अनुसार सप्तरी नापी कार्यालयले २०४९ साल पुस ६ गते सो जग्गालाई सरकारको नाममा कायम गरेको अभिलेखमा देखिन्छ ।

हाल उक्त जग्गामा बनेको घर कसको हो र कुन प्रक्रियाबाट निर्माण भयो भन्ने विषयमा वडा कार्यालयले यकिन गर्ने काम अघि बढाएको वडाध्यक्ष रहमानले जानकारी दिए । नापी कार्यालयबाट जग्गा उपभोगसम्बन्धी विवरण प्राप्त भएपछि अतिक्रमण हटाउने र सरकारी जग्गा संरक्षण गर्ने प्रक्रिया अघि बढाइने उनले बताए ।

नेपाली कांग्रेसका युवा नेता राजकिशोर यादवले सूचनाको हक प्रयोग गर्दै नगरपालिकामा निवेदन दिएपछि जग्गा अतिक्रमणको विषय सार्वजनिक भएको हो । उनले उक्त जग्गामा भवन निर्माण भए पनि निर्माणकर्ताको आधिकारिक विवरण नगरपालिकाले उपलब्ध नगराएको बताए ।

स्थानीयले सार्वजनिक प्रयोजनका लागि छुट्याइएको हेल्थ सेन्टरको जग्गामा निजी संरचना बन्नु गम्भीर विषय भएको भन्दै उनले तत्काल छानबिन गरी सरकारी सम्पत्ति संरक्षण गर्न माग गरेका छन् ।





यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी


दुःखी


अचम्मित


उत्साहित


आक्रोशित

प्रतिक्रिया

भर्खरै
पुराना
लोकप्रिय


<# } #>

Scroll to Top