
१० असार, काठमाडौं । सुदूरपश्चिम प्रदेशका कैलालीका विभिन्न स्थानबाट लागुऔषध खैरो हेरोइनसहित आठ जना पक्राउ परेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले मंगलबार विभिन्न स्थानबाट एक विदेशी नागरिकसहित आठ जनालाई पक्राउ गरिएको जानकारी दिएको छ । प्रहरीको जनसम्पर्क तथा मिडिया समन्वय शाखाका अनुसार धनगढी उपमहानगरपालिका–१६ बाट १ ग्राम ६४० मिलिग्राम खैरो हेरोइनसहित सुरेश बोहरालाई पक्राउ…
