
५ असार, तेह्रथुम । पहाडी जिल्लाका ग्रामीण बस्तीहरूमा गुणस्तरीय स्वास्थ्य सेवा सहज रूपमा प्राप्त गर्नु अझै पनि चुनौतीपूर्ण विषय बनेको छ । सामान्य उपचारका लागि समेत घण्टौँ पैदल हिँड्नुपर्ने बाध्यता कायमै छ । गाउँपालिकामा रहेका स्वास्थ्य संस्था तथा स्वास्थ्य केन्द्रहरूमा पर्याप्त सुविधा नहुँदा जिल्ला सदरमुकाम, धनकुटा वा धरानसम्म पुग्नुपर्ने अवस्थाले स्थानीय बासिन्दाले वर्षौँदेखि सास्ती भोग्दै…
