
२२ जेठ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रकृतिमुखी जीवनशैली अवलम्बन गरी वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न सम्बन्धित सबैलाई आह्वान गरेका छन् । विश्व वातावरण दिवसको अवसरमा आज एक सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले सो आह्वान गरेका हुन् । उनले सन्देशमार्फत् भनेका छन्, ‘विकास र वातावरण एकापसका परिपूरक हुन् भन्ने अवधारणाबमोजिम हामी सबैले प्रकृतिमुखी जीवनशैली अवलम्बन…
