
१ जेठ, काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टिमको नयाँ कप्तानमा निरुता ठगुन्ना नियुक्त भएकी छिन् । नेपाल भलिबल संघको शुक्रबार बसेको ६९औं कार्यसमिति बैठकले २८ वर्षीय आउटसाइड हिटर निरुतालाई कप्तान नियुक्त गरेको भलिबल संघले जनाएको छ । अब निरुताले यही जेठ ८ गतेदेखि घरेलु कोर्टमा आयोजना हुने काभा महिला भलिबल च्याम्पियनसिपमा नेपालको कप्तानी सम्हाल्नेछिन्…
