१९ असार, दाङ । दाङको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले विपन्न वर्गका विद्यार्थीको अध्ययनमा सघाउने उद्देश्यले राज्यकोषबाट आफूलाई प्राप्त हुने तलबभत्ताबाट अक्षयकोष स्थापना गरेका छन् । आफ्नो पालिकाको सर्वोदय माध्यमिक विद्यालयमा अभिभावकविहीन, विपन्न तथा जेहेन्दार विद्यार्थीको शैक्षिक उत्थानका लागि एक लाख एक हजार रुपैयाँको अक्षयकोष स्थापना गरेको विद्यालय व्यवस्थापन समितिले जनाएको छ । आफूलाई मासिक…
