
९ जेठ, काठमाडौं । गोल्डेन गर्लको रुपमा चिनिँदै आएकी नेपालकी ओलम्पियन धावक सन्तोषी श्रेष्ठ पछिल्लो समय विभिन्न विधामा कीर्तिमानहरु तोड्दै रेकर्ड गर्लको रुपमा चिनिन थालेकी छन् । महिलातर्फ ओलम्पिकदेखि मध्यम दूरीमा कीर्तिमान बनाउँदै आएकी सन्तोषीले शनिबार १५०० मिटरमा पनि नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन् । गोल्डेन गर्लको उपमा पाएकी सन्तोषीले भारतको झारखण्डमा आयोजित २९औं नेशनल…
