काभ्रेपलाञ्चोक
+977-9863403002
१० श्रावण २०८३ आईतवार
6 घण्टा अगाडि


News Summary

Generated by OK AI. Editorially reviewed.

  • पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको राष्ट्रिय स्वाधीनतामाथि सङ्कट उत्पन्न भएको बताउनुभएको छ ।
  • प्रचण्डले कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्दै निरङ्कुश प्रवृत्तिका विरुद्ध पुनः सङ्घर्ष गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।
  • पेरिस डाँडामा आयोजित नरबहादुर कर्माचार्यको १३ औँ स्मृति दिवसमा प्रचण्डले कम्युनिष्ट आन्दोलनलाई फेरि पुनर्जीवित गर्ने सङ्कल्प गर्नुपर्ने बताउनुभयो ।

९ साउन, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको राष्ट्रिय स्वाधीनतामाथि संकट आएको बताएका छन् ।

शनिबार नरबहादुर कर्माचार्यको १३ औं स्मृति दिवसमा पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । प्रचण्डले अहिले कम्युनिष्ट आन्दोलनले एउटा धक्का खाएको र कम्युनिष्ट आन्दोलनलाई फेरि एकताबद्ध गर्न जरुरी रहेको उल्लेख गरे ।

‘हामीले साँच्चै नै देशमा अहिले राष्ट्रिय स्वाधीनतामाथि आइपरेको संकट समाधान गर्ने, कम्युनिष्ट आन्दोलनमाथि आएको असाधारण अप्ठ्यारो परिस्थितिको सामना गर्ने, कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्ने र देशमा देखापरेको निरकुंश प्रवृत्तिका विरुद्ध, निरङ्कुशताका विरुद्ध फेरि एकचोटि संघर्ष गर्ने दृढ अठोट गर्ने, संकल्प गर्ने कुरा पनि हो यो श्रद्धाञ्जली वा सम्मान कार्यक्रम, हामी सबैले यसलाई त्यसै रूपमा लिनुपर्छ,’ उनले भने ।

कम्युनिष्ट आन्दोलनलाई फेरि पुनर्जीवित गर्ने र देशको नेतृत्व लिने सङ्कल्प गर्नुपर्ने समय आएको पनि उनले बताए ।

देशको स्वाधीनतामाथि आइपरेको सङ्कट समाधान गर्न, कम्युनिष्ट आन्दोलनमाथि आएको असाधारण अप्ठ्यारो परिस्थितिको सामना गर्न र कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्न जरुरी रहेको उनको भनाइ थियो ।

‘अहिले नेपालको कम्युनिष्ट आन्दोलनले एउटा धक्का खाएको बेलामा हामीले कमरेड पुष्पलाल, कमरेड नरबहादुर कर्माचार्य जस्ता नेताहरूलाई स्मरण गर्दै कम्युनिष्ट आन्दोलनलाई फेरि एकतावद्ध गर्ने, कम्युनिष्ट आन्दोलनलाई फेरि पुनर्जीवित गर्ने र देशको नेतृत्व लिने सङ्कल्प गर्नुपर्ने अहिले अवस्था छ,’ उनले भने, ‘जतिबेला हामी कमरेड पुष्पलाल वा कमरेड नरबहादुर कर्माचार्यप्रति श्रद्धा र सम्मान प्रकट गर्छौँ, यतिबेला हाम्रो लागि यो औपचारिक कार्यक्रमजस्तो मात्रै छैन । औपचारिकता पूरा गरेजस्तो मात्रै होइन ।’

संयोजक प्रचण्डले देशमा निरंकुश प्रवृत्ति देखापरेको र त्यसकाविरुद्धमा एक पटक पुन: संघर्ष गर्नुपर्ने अवस्था आएको जिकिर गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी


दुःखी


अचम्मित


उत्साहित


आक्रोशित

प्रतिक्रिया

भर्खरै
पुराना
लोकप्रिय

<# } #>

Scroll to Top