
१ असार, गुल्मी । असार १ गतेदेखि नदी तथा खोलाबाट ढुंगा, गिट्टी, बालुवा लगायत नदीजन्य पदार्थ उत्खनन गर्न नपाइने नियम लागू भएसँगै चारवटा सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय रिडीका अनुसार गए राति करिब २ बजे कालीगण्डकी नदी क्षेत्रबाट अवैध रूपमा बालुवा उत्खनन गरी ओसारपसार भइरहेको सूचनाका आधारमा प्रहरी टोली खटिएको थियो…
