१९ असार, काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले समूहको बैठक बोलाएका छन् । उनले निवर्तमान सभापति शेरबहादुर देउवानिकट रहेका नेताहरूसँग छलफलका लागि समूहको बैठक बोलाएका हुन् । बैठक गल्फुटारस्थित खड्का निवासमा शुक्रबार दिउँसो २ बजे बस्ने एक पूर्वपदाधिकारीको सचिवालयले जानकारी दिएको छ । स्रोतका अनुसार बैठकमा समूहले सम्पन्न गरेको प्रदेशस्तरीय भेलाको समीक्षा…
