
६ वैशाख, काठमाडौं । पन्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट २०२६ मा अपराजित यात्रा कायमै राखेको छ । आइतबार राति सम्पन्न खेलमा लखनउ सुपर जायन्ट्समाथि ५४ रनको शानदार जित निकाल्दै पन्जाब शीर्षस्थानमा यथावत् रहेको हो । मुल्लानपुरमा पन्जाबले दिएको २५५ रनको विशाल लक्ष्य पछ्याएको लखनउले २० ओभरमा ५ विकेट गुमाएर २०० रन मात्र बनायो…
